भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य

जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य

जाजरकोट ।  वर्षौदेखि एक्सरे गर्नका लागि डोल्पाको सदरमुकाम दुनै वा जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा एक्सरे र ल्याव सेवा शुरु भएपछि वर्षौदेखिको दुःख हटेका हुन् । नौ वडा रहेको मुड्केचुलामा बीचभागमा पर्ने राजिकम्दस्थित स्वास्थ्य संस्थामा स्वास्थ्य सहायक र सिनियर अहेवकै भरमा दिनरात स्वास्थ्य सेवा प्रवाह भएपछि सर्वसाधारण खुशी भएका छन् ।

गाउँपालिकाले स्वास्थ्यकर्मीलाई आफ्नै लगानीमा तालीम तथा अन्य उपकरण उपलब्ध गराएपछि दैनिक गर्भ जाँचदेखि अन्य सेवा प्रभावकारी देखिएको स्थानीयवासी जगबहादुर सिंहले बताउनुभयो । गाउँपालिकाले भर्खरै मात्र पाँच श्ययाको अस्पताल निर्माण कार्य शुरु गरेको छ । रुकुम, जुम्ला, जाजरकोट र डोल्पाको सिमानामा जोडिएको मुड्केचुला गाउँपालिकाको नौ वटा वडामा अन्य सेवा विस्तार गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

गाउँमै स्वास्थ्य सेवा प्रभावकारी भएपछि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सुरक्षित रुपमा सुत्केरी गराउने दरसमेत बढेको छ । गाउँपालिकाको तर्फबाट स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई कुखुरा, शुद्ध पानी पिउने फिल्टर र पोसिलो खानेकुरा उपलब्ध गराइएको अध्यक्ष शाहीले बताउनुभयो । फोन सेवा भरपर्दो नभएको मुड्केचुलामा गाउँमा बिरामी हुँदा वा महिलालाई परेको समस्या समाधान गर्न स्वयंसेविकालाई परिचालन गरिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.