भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको घोषणा

ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको घोषणा

गण्डकी । लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले ‘ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको’ घोषणा गर्नुभएको छ । पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका समस्या एवं हकहितलगायतका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कारको घोषणा गरिएको हो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको संयोजकत्वमा प्रत्येक वर्ष स्थापना दिवसमा प्रदान गर्ने गरी सङ्घको २५ औँ स्थापना दिवस तथा रजत वर्षको शुभारम्भ कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष कर्माचार्यले आफूले ७० वर्ष पार गरेको सन्दर्भमा पुरस्कारको घोषणा गर्नुभएको हो । यही २०७८ सालदेखि सञ्चालनमा आउने पुरस्कारको राशि रु ७५ हजार रहने उहाँले जानकारी दिए । ज्येष्ठ नागरिकको अधिकार प्राप्तिका पक्षमा लेख, रचना, श्रव्यदृश्य आदिद्वारा पु¥याएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिने जनाइएको छ ।

पुरस्कार छनौट समितिमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्षको संयोजकत्वमा सङ्घका पूर्वअध्यक्ष, केन्द्रिय सदस्य, सल्लाहकार मध्येबाट एक जना, नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष वा महासङ्घले तोकेको व्यक्ति, पूर्व सम्मानित प्रतिभा मध्येबाट एक जना र सङ्घको महासचिव पदेन सदस्य सचिव रहने व्यवस्था छ । पुरस्कार हरेक वर्ष असार २० गते सङ्घको स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.