भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टारियो देशद्रोह, षडयन्त्र र अमेरिकामा गृहयुद्ध फैलाउने खोजेको अभियोगमा दोषी

टारियो देशद्रोह, षडयन्त्र र अमेरिकामा गृहयुद्ध फैलाउने खोजेको अभियोगमा दोषी

काठमाडौं । अमेरिकाको संसद भवनमा भएको आक्रमण गर्नेलाई २२ वर्षको जेल सजाय सुनाईएको छ । संसद भवन र दंगाकाका मुख्य योजनाकार मध्येका एक हेनरी एनरिके टारियोलाई २२ वर्ष जेल सजाए सुनाएको हो ।

३९ वर्षिय टारियो घटनाका बेला वासिङटनमा नरहेता पनि उक्त दंगाको मुख्य योजनाकारको रुपमा रहेको पुष्टी भएपछी जेल सजायँ दिइएको हो । सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल दंगामा टारियोको योजनामा ‘द प्राउड ब्वाइज’ नामको कट्टरबादी समुह बनाई आक्रमण गरिएको खुलेको छ ।

अमेरिकाको वाशिङटन संघीय अदालतले टारियोलाई देशद्रोह, षडयन्त्र र अमेरिकामा गृहयुद्ध फैलाउने खोजेको अभियोगमा दोषी ठहर गर्दै २२ वर्षको जेल सजाय तोकेको हो ।

अमेरिकी इतिहासमा लोकतन्त्रविरुद्ध गरेको आक्रमणमा यति लामो समयको सजाय दिइएको यो पहिलो पटक हो ।घटननामा ११ सय जना पक्राउ परेका थिए । टारियोले मुद्दाको सुनुवाईको क्रममा सुरक्षाकर्मी र वाशिङटन डीसीका बासिन्दासँग भावुक भई माफी मागेका थिए ।

अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी राष्ट्रपति निर्वाचनलाई संसदले अनुमोदन गर्ने दिन चुनावी परिणाम उल्टाउन आक्रमण गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.