भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

टिपरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु

टिपरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु

भक्तपुर । टिपरको ठक्करबाट मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटो स्थित स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा. प्र.०२–०२३ प ७७६९ नम्बरको स्कुटर ठोक्किएका थिए ।

उक्त दुर्घटनामा स्कुटर चालक, काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल ठकुरी गाउँमा बस्दै आएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा स्कुटर पछाडि बसेका म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ घाइते भएका छन् ।

टिपर चालक रामेछापको दोरम्बा–४ घर भई हाल भक्तपुर मध्यपुरथिमी– ७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुल बहादुर सापकोटालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

यसैबीच धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नगरपालिका–५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार

लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । घट्नास्थलमै तीनै जनाको मृत्यु भएको हो ।

मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ । मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.