भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

टी–२० विश्वकप च्याम्पियनमा अष्ट्रेलिया

टी–२० विश्वकप च्याम्पियनमा अष्ट्रेलिया

काठमाडौं । सातौँ संस्करणको टी–२० पुरुष विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै अस्ट्रेलिया पहिलोपटक विश्वकप क्रिकेट प्रतियोगिता विश्व च्याम्पियन बनेको छ ।

दुबईमा आइतबार सम्पन्न सातौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले छिमेकी राष्ट्र न्युजिल्यान्डलाई हराउँदै टी–२० विश्वकपको उपाधि हात पारेको हो । आइसिसीले आयोजना गरेको क्रिकेट प्रतियोगितालाई अस्ट्रेलियाले सर्वाधिक आठपटक जितेको हो ।

पाँचपटक एकदिवसीय विश्वकप, दुईपटक च्याम्पियन्स ट्रफी तथा एकपटक टी–२० विश्वकप हात पारेको छ । पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रनको योगफल खडा गरेको थियो ।

प्रत्युत्तरमा अस्ट्रेलियाले १८.५ ओभरमा केवल दुई विकेटको क्षतिमा एक सय ७३ रन जोड्दै टी–२० विश्वकपकै नयाँ विजेताको ट्रफी उचाल्यो । अस्ट्रेलियाको जितमा म्यान अफ दी म्याच मिचेल मार्सले सर्वाधिक ७७ रनको योगदान दिए ।

उनले ५० बलमा ६ चौका र चार छक्का प्रहार गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.