भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

टेलरले स्कुटीलाई ठक्कर दिदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

टेलरले स्कुटीलाई ठक्कर दिदा  श्रीमतीको मृत्यु, श्रीमान घाइते

भक्तपुर । मध्यपुरथिमी नगरपालिका वडा नं ३ गठ्ठाघर चोकमा १२ चक्के टेलरले स्कुटीलाई ठक्कर दिदा एक जनाको मृत्यु एक जना घाइते भएका छन् । भक्तपुरबाट काठमाडौ तर्फ जादै गरेको ना ८ ख २३११नं को टेलरले बा प्र०२–०३८प ४४०१नं को स्कुटीलाई ठक्कर दिएको हो ।

स्कुटीमा सवार स्कुटी चालक भक्तपुर नगरपालीका ५ घर भई हाल ललितपुर नखिपोट बस्ने बर्ष ४३ का जिते देउलाको नागरिक अस्पतालमा उपचार भईरहेको छ भने र उनीकी श्रीमती बर्ष ४१ कि नबिना देउलाको उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ट्रक चालक मकवानपुगढी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ३८ का बुद्ध बहादुर घलानलाई प्रहरी बृत ठिमीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । दुर्घटनास्थलमा बाटो अबरोध नभएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.