ट्याक्टरले च्यापेर बालकको मृत्यु

ट्याक्टरले च्यापेर बालकको मृत्यु

सल्यान । ट्याक्टरले च्यापेर सल्यानमा ६ वर्षीय बालकको मृत्यु भएको छ । शारदा नगरपालिका–४ लामाडाँडा घरका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ ट्र्याक्टर एक्कासी गुड्दा चन्दका छोरा दिक्सनको मृत्यु भएको हो ।

शुक्रबार बेलुकी साढे ५ बजेतिर बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

ट्याक्टर देवबहादुर चन्दकै भएको प्रहरीले बताएको छ । ट्र्याक्टर कसरी गुड्यो भन्ने खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.