स्याङ्जा । पुतलीबजार नगरपालिका १४ लामागे भिरबारी साखा सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान भएको दुरघटनामा परि मृत्यु हुनेमा दाङ दंगिशरण गाउँपालिका ४ का ट्याक्टर चालक रामहरी चौधरी रहेको प्रहरीले जनाएको छ ।
ग १ त ४९८७ नम्बरको ट्याक्टर अनियंत्रित भैइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।
