भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । काठमाडौँको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका(१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३(०१(००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौँ महानगरपालिका(२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बज्राचार्यको महमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा गएराति मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । दुर्घटनामा सङ्लग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता भट्टले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.