भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

ठगी गरेको आरोपमा एक महिला पक्राउ

ठगी गरेको आरोपमा एक महिला पक्राउ

जनकपुरधाम । लागूऔषध मुद्दाबाट छुटकारा गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा महोत्तरीबाट प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका अनुसार पक्राउ पर्नेमा एकडारा गाउँपालिका ३ अजमरपट्टी घर भई सदरमुकाम जलेश्वर नगरपालिका २ बस्ने ३७ वर्षीया ममता मण्डल रहेकी छन् ।मण्डलले लागूऔषध मुद्दाका प्रतिवादी सम्सी गाउँपालिका ४ बस्ने युवकका परिवारसँग मुद्दा मिलाइ दिन्छु भनेर रु १ लाख ८० हजार ठगी गरेको पाइएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले पक्राउ गरी ठगी मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई अन्य अनुसन्धान सुरु गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.