१ भदौ २०७७ भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल स्थित मुलसाँगु खोलामा एक महिला मृत भेटिएकी छन् ।
चाँगुनारायण नगरपालिका वडा नं ८ मा नवराज लामिछानेको घरमा डेरा गरी बस्ने र ज्याला मजदुरी गर्ने ती महिला भक्तपुर न.पा ६, याछे सुकुलढोका घर भएको प्रहरीले बताएको छ ।
३२ वर्षिया यसोदा सिजखु विहान तरकारी लिन खोज्न भनी डेरा कोठाबाट निस्किएकोमा उक्त मुलसाँगु खोलाको किनारमा भएका बाँसको झ्याङबाट बासको तामा भाचेर बोरामा राखी खोला तर्ने क्रममा खोलाको स्ल्याबमा चिप्लिएर ५ फिट गहिरो पानीको तहमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।
लाशजाँच मुचुल्काको कार्यसम्पन्न गरी पोष्टमार्टमको लागी केएमसी अस्पताल दुवाकोट पठाएको रघटनाको थप अनुसन्धान भईरहेको प्रनाउ दिपक गिरीले बताए ।
