भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’

‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’

गलकोट, । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही मन्दिरलगायतका रमणीय क्षेत्रको अवलोकनका लागि त्यहाँ पुगेका छन् ।

ढोरपाटनमा सडकको सहज पहुँच, होटल, सामुदायिक घरबास र सञ्चार सुविधा पुगेसँगै थप आकर्षण बढ्न थालेको हो । यस वर्ष ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन धेरै भएको स्थानीयवासी गगन पुनले जानकारी दिए । उहाँले भन्नुभयो, “कोरोनाका कारण केही शिथिल बनेको ढोरपाटनको पर्यटन यस वर्ष निकै बढेको छ ।” विशेषगरी बागलुङ, पर्वत, प्यूठान, गुल्मी, रुपन्देहीलगायतका स्थानबाट ढोरपाटन बढी आउने गरेको उहाँको भनाइ छ ।

“यस वर्ष त आन्तरिक पर्यटक राम्रै आएका छन्, दैनिक २०० भन्दा बढी पर्यटक ढोरपाटनमा आएको मैले पाएको छु, कोही गाडी लिएर आउँछन्, कोही मोटरसाइकल लिएर आउँछन्”, उहाँले भन्नुभयो, “सडकको सुविधा भएर पनि होला, पहिलेजस्तो पैदल हिँड्न परेन, गाडी ढोरपाटनको सबै ठाउँ पुग्छ ।” पर्यटकको आमगन बढेसँगै ढोरपाटनमा व्यापार–व्यवसाय पनि फस्टाउन थालेको छ । उनले ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ, सिमीलगायतका उत्पादित वस्तुले समेत उचित मूल्य पाउन थालेको जनाउँदै ढोरपाटनवासी पनि अब व्यवसायसँग जोडिन थालेका छन् । यसपटकको बिदाको समयमा पारिवारिक भ्रमणको गन्तव्य ढोरपाटन रोजेको बागलुङका अधिवक्ता राम शर्माले बताए ।

उनीसहित आठ जनाको समूह तीनदिने ढोरपाटन भ्रमण सकेर मङ्गलबार बागलुङ फर्किएको छ । “पाँचौँपटक ढोरपाटन पुगे, यसपटक परिवार सबैलाई लिएर गएको थियो, होटल भरिभराउ भएको पाइयो, दैनिक चार–पाँच सय पर्यटक ढोरपान पुगेको देखियो”, उहाँले भन्नुभयो, “पुगे पनि धित मर्दैन ढोरपाटनमा पछिल्लो समय सेवा सुविधा वृद्धि भएर होला पर्यटक राम्रै पुगेको पाइयो ।” पर्यटकको बाक्लो उपस्थिति रहेकोे ढोरपाटन भ्याली होटलका सञ्चालक गङ्गा भण्डारीले जानकारी दिए । पछिल्लो समय ढोरपाटन क्षेत्रमा होटल तथा घरबासको सङ्ख्यामा वृद्धि हुँदै आएको स्थानीयवासी गौमती पुनले बताए।

 


Thali Mobile Pvt.Ltd.