भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

तथ्याङ्क विभागको आग्रह

तथ्याङ्क विभागको आग्रह

काठमाण्डौ । जनगणनाका लागि खटिएका गणकहरुलाई सहयोग गरिदिन केन्द्रीय तथ्याङ्क विभागले आग्रह गरेको छ । सहरी क्षेत्रमा खटिएका केही गणकले तथ्याङ्क सङ्कलनमा केही समस्या आएको गुनासो गरेपछि विभागले लगत सङ्कलनका लागि घरघरमा पुगेका गणकलाई सहयोग गरिदिन अनुरोध गरेको हो । अहिलेसम्म हिमाली र पहाडी जिल्लामा ८० देखि ९० प्रतिशतसम्म गणनाको काम सकिएको विभागले जनाएको छ ।

सहरी तथा तराई र मधेशको भने जानकारी आउन बाँकी रहेको जनाएको छ । विभागकका अनुसार दार्चुलाको तिङ्कर र छाङरुमा पनि जनगणना भएको छ । जनगणनाका लागि गणकको टोली नेपाली बाटो हुँदै तिङ्कर र छाङरु पुगेका हुन् ।

केन्द्रीय तथ्याङ्क विभागमा तिङ्कर र छाङरुमा ११७ घरधुरी रहेको जानकारी आएको छ । चिसोको मौसम सुरु भएसँगै त्यहाँका केही बासिन्दा सदरमुकाम खलङ्गा झरेकाले उनीहरुको गणना हुन बाँकी छ । गणकहरुले सदरमुकाममै फर्किएर उनीहरुको गणना गर्ने तयारी गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.