भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

तमानखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा कांग्रेस विजयी

तमानखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा कांग्रेस विजयी

गलकोट । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी हुनुभएको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा दुई हजार २१९ मत ल्याएर निर्वाचित हुनुभएका जोकलाल बुढा यसपटक दुई हजार ७०७ मत ल्याएर पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

जिल्लाभर संयुक्त पाँच दलले गठबन्धन गरेर चुनावमा गए पनि तमानखोला गाउँपालिकामा गठबन्धन तोडेर आ–आफ्ना उम्मेदवार उठाएका छन् । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी निसु रसाइलीलाई ८१० मत अन्तरले पराजित गर्दैै नेपाली कांग्रेसकी हिराकुमारी छन्त्याल विजयी हुनुभएको छ ।

छन्त्यालले दुई हजार ७१९ मत प्राप्त गर्दा रसाइलीले एक हजार ९५८ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका अध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का तर्फबाट उम्मेदवार बनेका देवबहादुर पुनले एक हजार ९९५ मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले०का तर्फबाट अध्यक्षको उम्मेदवार बनेका देवेन्द्र छन्त्यालले ३९२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षका उम्मेदवार तारानाथ सिपार्लीले एक मत प्राप्त गर्नुभएको छ ।

यस्तै पाँचवटा वडा रहेको तमानखोलाको वडा नं १ मा नेकपा माओवादी केन्द्रका थमबहादुर रोका, वडा नं २ मा माओवादी केन्द्रका नारायण सुनार, वडा नं ३ मा कांग्रेसका झकबहादुर बुढा, वडा नं ४ मा माओवादी केन्द्रका छवि श्रीपाली, वडा नं ५ मा नेपाली कांग्रेसका हिराबहादुर श्रीपाली र वडा नं ६ मा नेपाली कांग्रेसकै चित्र छन्त्यालको प्यानल विजयी भएको छ ।

 


Thali Mobile Pvt.Ltd.