तराईमा आज होलीको रौनक

तराईमा आज होलीको रौनक

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ ।

आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । पहाडी र हिमाली जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा मनाइने गरिन्छ ।

केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.