DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ताडीको तेल चर्चा बढ्याे

ताडीको तेल चर्चा बढ्याे image

काठमाडौं । केही समययता ताडीको तेल चर्चा बढिरहेको छ । पाम आयल नेपालबाट सबैभन्दा बढी निर्यात हुने उत्पादन रहेको चर्चा हुने गर्छ । चर्चा गरिएअनुसार पाम आयल गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सबैभन्दा बढी निर्यात भएको उत्पादन हो ।

राज्यबाट निर्यात हुने सबैभन्दा ठूलो वस्तु र तथ्यांकमा निर्यात बढाउने काम भए पनि राज्यलाई पाम आयलको निर्यातबाट धेरै लाभ छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांकले पनि पामजन्य उत्पादनको आयात–निर्यातबाट नेपाललाई खासै फाइदा नभएको प्रष्ट पार्दछ ।

आयातमध्ये इन्डोनेसिया, मलेसिया, पपुवा न्युगिनी, सिंगापुर र थाइल्याण्डबाट पामको कच्चा तेल आयात भएको देखिन्छ । अर्थात् राज्यलाई पामजन्य उत्पादनको आयात निर्यातबाट २१ करोड रुपैयाँ व्यापार नाफा रहेको छ । यसरी नेपाल आयात भएको पामको कच्चा तेल ५ अर्ब २६ करोड रुपैयाँ बराबरको रहेको छ ।

यसबाट ५ अर्ब ७५ करोड रुपैयाँको प्रशोधित तेल भारत निर्यात भएको छ । ती देशबाट ७ करोड ८२ लाख ३६ हजार किलो कच्चा तेल नेपाल आएको छ भने प्रशोधन भएर ५ करोड ६६ लाख ६४ हजार किलो प्रशोधित तेल भारत निर्यात भएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.