भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ताराखोला बन्दैछ ‘स्टोन भिलेज’

ताराखोला बन्दैछ ‘स्टोन भिलेज’

बलेवा । बागलुङको ताराखोला गाउँपालिकालाई ढुङ्गाको गाउँ स्टोन भिलेज बनाउने प्रक्रिया शुरु गरिएको छ । गाउँपालिकाले ‘स्टोन भिलेज’को प्रारम्भिक काम थालेको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बेलामा गाउँपालिकाले स्टोन भिलेजको कार्यक्रम समावेश गरेको थियो । सोहीअनुसार प्रारम्भिक काम थालिसकेको गाउँपालिकाले जनाएको छ ।

ढुङ्गा खानीलाई व्यवस्थित बनाउनेदेखि घरका छाना पनि आर्कषक बनाएर छाउनेसम्मका क्रियाकलाप समावेश ‘स्टोन भिलेज’ कार्यक्रममा समावेश हुनेछन् । गाउँपालिकाभरि भएका काम तथा क्रियाकलापमा स्थानीय ढुङ्गाको उपयोग गर्ने नीति लिएर यो कार्यक्रम थालिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए।

घरको छाना छाउनेदेखि सरकारी भवन, पार्क, पदमार्ग समेतमा स्थानीयवासीले उत्पादन गरेका ढुङ्गाको प्रयोग गर्ने नीति ल्याइएको जानकारी दिए। यहाँका ढुङ्गा आर्कषक छन् । स्थानीय ढुङ्गाको प्रयोग, आयतको विस्थापन र रोजगारी सिर्जनामा कार्यक्रमले सहयोग गर्ने गाउँपालिकाको अपेक्षा छ । तारा खोलाका राजनीतिक संयन्त्रले जनप्रतिनिधि आउनुअघि पनि जस्तापाता नभित्र्याउने नीति लिएका थिए ।

अधिकांशले स्थानीय ढुङ्गाकै छाना छाएका छन् । केही खरका छाना थिए । ती पनि विस्थापित गर्ने, रासायनिक मल नल्याउने, स्थानीय प्रविधिलाई उपयोग गर्ने र वर्षौदेखि चलिआएका संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्यलाई अहिले पनि सञ्चालनमा ल्याइएको हो । यहाँ दर्जनौँ ढुङ्गाखानी चलाउन सकिने स्थान छन् । तीमध्ये उद्यमीले खानी तथा भूगर्भ विभागमा गएर दर्ता गर्नुपथ्यो ।

अब भने व्यक्तिगत लगानी र आफ्नै खेतबारीमा साना उद्योग चलाउन पालिका तहमै व्यवसाय दर्ता गरेर कर तिर्ने व्यवस्था गरिएको हो । “सानो स्केलमा काम गर्नेलाई व्यवसाय दर्ता गराएर काम गर्न दिने भनेका छौं”, घर्तीले भन्नुभयो, “केही साथीहरुले काम थालिसक्नुभएको छ ।” बागलुङ, पोखरालगायतका शहरमा घर बनाउँदा आर्कषक टायलका रुपमा प्रयोग भएका अधिकांश ताराखोलाका ढुङ्गा हुन् ।

लुकिछिपी काम भइरहनुभन्दा कर तिरेर वातावरण पनि नबिग्रने गरी उत्खनन गर्न दिँदा राम्रो हुने जनप्रतिनिधिले सुझाव दिएका थिए । सार्वजनिक र सामुदायिक क्षेत्रमा खानी सञ्चालन गर्न खोज्नेलाई भने पालिकाले समन्वय गरेर छिटो वातावरणीय प्रभाव मुल्याङ्कन गराउन पहल गर्ने भएको हो । तोकेको मापदण्डमा ढुङुगा निकाल्ने अवसर दिन पहल गरेको समेत अध्यक्ष घर्तीले जानकारी दिए । तामा र सुनखानी चलाउन लागेझै जनताले दुःख पाउने गरी लामो प्रक्रिया गर्न नहुने उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.