भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

‘ताली बजाउनुहोस्’ भन्ने नाराकासाथ ५८ औँ नेपाल रेडक्रस दिवस सम्पन्न

‘ताली बजाउनुहोस्’ भन्ने नाराकासाथ ५८ औँ नेपाल रेडक्रस दिवस सम्पन्न

काठमाडौं । “ ताली बजाउनुहोस् Keep Clapping” भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटीको ५८ औँ स्थापना दिवस मनाइएको छ । वि.सं २०२० साल भाद्र १९ गते रेडक्रस अभियानको अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो ।

यसै उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकहरूको सम्मान, रक्तदान शिविर, रेडक्रसका गतिविधिहरूको बारेमा अन्तक्रिया अस्पतालका विरामीहरुलाई फलफूल वितरण, फोटो तथा सिर्जना प्रतियोगिता जस्ता गतिविधि संयोजन गरी साप्ताहिक ९भाद्र १४ देखि भाद्र २० सम्म० देशभर कार्यक्रमको आयोजना गरी मनाएको हो ।

रेडक्रसका प्रदेश, जिल्ला शाखाहरू र यूवाहरुले विभिन्न कोभिड–१९ को विषयमा चेतनामूलक गतिविधि, प्रतियोगिताहरू जस्ता गतिविधिहरू अनलाईन गतिविधिमा जोड दिई वा भौतिक दुरी कायम राखी आयोजना गरिएको हो । केन्द्रीय कार्यक्रमको रुपमा आजै १६० जना रेडक्रसकर्मीहरुको सहभागितामा सञ्चालित कार्यक्रममा नेरेसोका अध्यक्ष डा. नेत्र तिम्सिनाले अग्रपंतिका स्वयंसेवकहरुको र समुदायका मानिसहरुमा नेरेसोका कार्यक्रमबाट आएको प्रभावको कथाहरुको संगालो सार्वजनिक गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.