भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘ताली बजाउनुहोस्’ भन्ने नाराकासाथ ५८ औँ नेपाल रेडक्रस दिवस सम्पन्न

‘ताली बजाउनुहोस्’ भन्ने नाराकासाथ ५८ औँ नेपाल रेडक्रस दिवस सम्पन्न

काठमाडौं । “ ताली बजाउनुहोस् Keep Clapping” भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटीको ५८ औँ स्थापना दिवस मनाइएको छ । वि.सं २०२० साल भाद्र १९ गते रेडक्रस अभियानको अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो ।

यसै उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकहरूको सम्मान, रक्तदान शिविर, रेडक्रसका गतिविधिहरूको बारेमा अन्तक्रिया अस्पतालका विरामीहरुलाई फलफूल वितरण, फोटो तथा सिर्जना प्रतियोगिता जस्ता गतिविधि संयोजन गरी साप्ताहिक ९भाद्र १४ देखि भाद्र २० सम्म० देशभर कार्यक्रमको आयोजना गरी मनाएको हो ।

रेडक्रसका प्रदेश, जिल्ला शाखाहरू र यूवाहरुले विभिन्न कोभिड–१९ को विषयमा चेतनामूलक गतिविधि, प्रतियोगिताहरू जस्ता गतिविधिहरू अनलाईन गतिविधिमा जोड दिई वा भौतिक दुरी कायम राखी आयोजना गरिएको हो । केन्द्रीय कार्यक्रमको रुपमा आजै १६० जना रेडक्रसकर्मीहरुको सहभागितामा सञ्चालित कार्यक्रममा नेरेसोका अध्यक्ष डा. नेत्र तिम्सिनाले अग्रपंतिका स्वयंसेवकहरुको र समुदायका मानिसहरुमा नेरेसोका कार्यक्रमबाट आएको प्रभावको कथाहरुको संगालो सार्वजनिक गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.