‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन image

काठमाडौँ । दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ ।

प्रेमकथामा आधारित चलचित्र माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको ‘तिम्रो मेरो साथ’ले चितवन प्रिमियरमार्फत सकारात्मक प्रतिक्रिया बटुलेको निर्मातासँगै निर्देशक रहनुभएका रमेश एमके पौडेलले जानकारी दिनुभयो ।

“प्रेमकथालाई दर्शकले रूचाउनुभयो । निर्माताका रूपमा अन्य चलचित्रमा आवद्ध भएपनि निर्देशनमा डेब्यु गर्दा नयाँ अनुभव भइरहेको छ”, उहाँले भन्नुभयो । सवीर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको उक्त चलचित्रमा शिव ढकालले छायाङ्कन, सुवाष भुसाल / योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको छ ।

यस्तै द्वन्द्व निर्देशकका रूपमा दुई दशकदेखि सक्रिय रहनुभएका अष्टमान महर्जनले ‘गुञ्जन’मार्फत चलचित्र निर्देशनमा डेब्यु गर्नुभएको छ । “मैले द्वन्द्वप्रधान चलचित्र बनाउँछु अपेक्षा धेरैमा थियो । यद्यपि निर्देशक बन्दै गर्दा मैले राम्रो कथालाई रोजेको हुँ”, उहाँले भन्नुभयो । हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाहीको निर्माणमा बनेको उक्त चलचित्रमा सारा सिर्पाली, कविर खड्का, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा, रोहन शाही, निरुता स्याङतान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपानेलगायतले अभिनय गर्नुभएको छ ।चलचित्र गुञ्जनमा महेश दबाडीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन र विपीन मल्लको सम्पादन रहेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • पोखरामा कलाकार लक्ष्मी डिम्डुङ तामाङको धमाकेदार प्रस्तुुती image

    पोखरामा कलाकार लक्ष्मी डिम्डुङ तामाङको धमाकेदार प्रस्तुुती

    पोखरा । तामाङ बौद्ध सेवा समिति संगमटोल पोखराले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रममा कलाकार लक्ष्मी डिम्डङ तामाङले धमाकेदार प्रस्तुती दिएकी छन् । पोखरा १३ माछापोखरीमा आयोजना गरिएको तामाङहरुको मौलिक...

  • “लै बरी लै” गीतको भिडियो सार्वजनिक image

    “लै बरी लै” गीतको भिडियो सार्वजनिक

    काठमाडौं । गायक डा.नवराज प्रधानको स्वर रहेको “लै बरी लै” बोलको गीति भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत गायक डा.नवराज प्रधानकै रहेको छ । गीतमा...

  • ‘आमा मै हुँ तिम्रो’ कविता… image

    ‘आमा मै हुँ तिम्रो’ कविता…

    गण्डकी । “जब म कविता लेख्न बस्छु मेरो छोराले कलम खोस्छ कापीमाथि आसन जमाउँछ र मौन भाषामा भनेझैँ लाग्छ “आमा मै हुँ तिम्रो कविता…” माघे सङ्क्रान्तिको दिन बिहान पोखरेली...

  • पछिल्लो समय पर्यटकलाई सहरभन्दा गाउँ प्यारो image

    पछिल्लो समय पर्यटकलाई सहरभन्दा गाउँ प्यारो

    भक्तपुर । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले सहर भन्दा गाउँ मनपराउन थालेका छन् । आरामदायी बास र प्राकृतिक सुन्दरतासँग समाउन मिल्ने भएकाले होला अहिले मुख्य मुख्य पर्यटकीय गाउँमा...