भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तीन करोडको स्वास्थ्य सामग्री सहयोग

तीन करोडको स्वास्थ्य सामग्री सहयोग

काठमाडौ । शङ्कर गु्रप र इन्फिनिटी होल्डिङ प्रालिले रु तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ती दुई समूहले संयुक्तरूपमा देशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

समूहले वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो । शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवालले कोरोना महामारीको समयमा राज्यलाई परेको अप्ठ्यारोमा थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेको बताउनुभयो ।

उक्त समूहले केही दिनमै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी गरिरहेको छ । फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शय्याका लागि ‘हाइ फ्लो’ र दैनिक सात सय लिटर अक्सिजन उत्पादन गर्नेछ ।

दुवै समूहको सहकार्यमा वीर अस्पतालको नयाँ भवनमा ५० शय्याका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोललगायतका सामग्री हस्तान्तरण गरिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १०० शय्याका साथै त्यसका लागि आवश्यक सामग्री हस्तानान्तरण गरेको जनाएको छ ।

शङ्कर र इन्फिनिटी समूहले चीनबाट मगाएका ५२० थान भल्भ्स र रेगुलेटरसहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एकदुई दिनमै हस्तानन्तरण गर्ने बताएका छन् ।सुदूरपश्चिम प्रदेशका लागि ३२० थान तथा कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पतालका लागि १००÷१०० थान सिलिण्डर हस्तान्तरण गरिने छ । समूहले सुदूरपश्चिम प्रदेशका लागि एक लाख ५० हजार थान मास्क र २०० थान पीपीइ सेट सहयोग गर्दैछ ।

 


Thali Mobile Pvt.Ltd.