भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

ककनीमा तीन घर जलेर खरानी 

ककनीमा तीन घर जलेर खरानी 

काठमाण्डौ । नुवाकोटको ककनीमा आगलागी हुँदा तीन वटा घर जलेका छन् । नुवाकोट जिल्लाको ककनी गाँउपालिका–३ अचराङमा तीन दाजुभाइको घर जलेर नष्ट भएको हो । स्थानीय बासिन्दा र ककनीबाट खटिएको प्रहरी टोलीले आगो निभाएका जनाइएको छ । आगलागीबाट तीन दाजुभाइ मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको नुवाकोट प्रहरीले जनाएको छ ।

पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने जनाएको छ । घरमा भएका सर–सामान सबै जलेर नष्ट भएको छ । तीन दाजुभाइको गरी ५० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.