भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्याक्टरबाट खसेर क्तपुरमा एक जनाको मृत्यु

ट्याक्टरबाट खसेर क्तपुरमा एक जनाको मृत्यु

काठमाडौं । ट्याक्टरबाट खसेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ । भक्तपुरको कौशलटार चोक नजिकै काठमाडौंबाट भक्तपुर जाँदै गरेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको हो । बालुवा घोल्ने मिक्सर मेसिन लिएर गएको ट्याक्टरबाट सडकमा खस्दा उदयपुरको गाइघाट घर भई ललितपुरको इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालक झापाको कन्काई नगरपालिका ५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएको जनाइएको छ । कार्की घाइते भइ समिट अस्पतालमा प्राथमिक उपचार गरी ट्रमा सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.