भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

ट्याक्टरबाट खसेर क्तपुरमा एक जनाको मृत्यु

ट्याक्टरबाट खसेर क्तपुरमा एक जनाको मृत्यु

काठमाडौं । ट्याक्टरबाट खसेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ । भक्तपुरको कौशलटार चोक नजिकै काठमाडौंबाट भक्तपुर जाँदै गरेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको हो । बालुवा घोल्ने मिक्सर मेसिन लिएर गएको ट्याक्टरबाट सडकमा खस्दा उदयपुरको गाइघाट घर भई ललितपुरको इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालक झापाको कन्काई नगरपालिका ५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएको जनाइएको छ । कार्की घाइते भइ समिट अस्पतालमा प्राथमिक उपचार गरी ट्रमा सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.