भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाईलसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाईलसहित पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले एक जनालाइ नियन्त्रणमा लिएकाे छ ।

चेकजाँच गर्दा ती व्यक्तिले लगाइ राखेकाे पाइन्टमा लुकाइरहेकाे अवस्थामा एकथान सुनको बिस्कुट अन्दाजी रु.४ लाख ३२ हजार ५ सय २५ बराबरकाे बरामद गरेकाे छ ।

लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ । त्यस्तै विमानस्थलको पार्किङ एरियाबाट खानतलासी गर्दा स्याङ्जा पुतलीबजार ३ का सुरज हमाललाई नियन्त्रणमा लिएकाे छ ।

उनकाे साथबाट सुनको औंठी र बरामद गरेकाे छ । उनलाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले बताएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.