दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा, दुई जनाको मृत्यु

दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा, दुई जनाको मृत्यु

काठमाडौं । दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षीय गोमबहादुर बुढा छन् ।

थाहाखेलबाट फर्पिङ आउँदै गरेको बा ३ ख ६१९९ नम्बरको ट्रक राति साढे ८ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.