भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

गौरादह । दमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ । यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरेको छ ।दमक–२ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासलाई ‘रिफिल’ गर्नका लागि दमक– ८ मा ‘रिफिल सेन्टर’ स्थापना हुने भएको हो ।गरपालिकाको कार्यपालिका बैठकले दमक ८ स्थित सरस्वती माविको जग्गामा ‘रिफिल स्टेसन’ बनाउने निर्णय थियो । यसका लागि जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ । नगरपालिकाले गत कात्तिक १९ गते रिफिलिङ सेन्टरका लागि जग्गा खोजी गर्न वडाध्यक्ष टेकबहादुर थापाको संयोजकत्वमा समिति बनाएको थियो । सोही समितिको प्रतिवेदनअनुसार रिफिल सन्टर बनाउन जग्गा दिने निर्णय गरिएको हो । उत्पादित ग्यास खेर गइरहेको भनेर नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्सले नगरपालिकासमक्ष जग्गा उपलब्ध गराइदिन माग गरेको थियो ।

दमकमा नमूनाको रूपमा रहेको फोहरबाट ऊर्जा उत्पादनको परियोजनाबाट ग्यास उत्पादन भए पनि अहिले यसलाई त्यसै डढाएर फ्याँक्ने गरिएको छ । दमक तथा आसपासका क्षेत्रमा कुद्ने सिटी सफारीलगायतका हलुका सवारी साधनलाई ग्यासबाट चल्ने बनाएर रिफिल गर्न सकिने छ । नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध सञ्चालक विमल खतिवडाले यस परियोजनाअन्तर्गत दैनिक एक हजार ८४ केजी ग्यास उत्पादन गर्न सकिने अवस्था रहेको बताउनुभयो । दमकमा उत्पादित फोेरबाट ऊर्जा अर्थात् ग्यास उत्पादन गरेर कम्तीमा १५ सय परिवारलाई पाइपलाइनमार्फत वितरण गर्ने उद्देश्य राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.