भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

दसैं सुरु भइसक्यो तर सडकको दुरावस्था उस्तै

दसैं सुरु भइसक्यो तर सडकको दुरावस्था उस्तै

काठमाडौँ । दसैँका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन ।वर्षामा बाढी र पहिराले अवरुद्ध सडक पूर्णरुपमा खुलिसकेका छैनन् ।

वर्षाले खाल्डाखुल्डी भएका ठाउँमा टाल्ने काम अझै बाँकी छ । बर्सेनि सडकमा बढी खाल्डाखुल्डी भदौ र असोजमा देखिन्छ ।

दसैँ अगावै सबैतिरको सडकमा खाल्डा टालिसक्ने योजना भए पनि त्यसअनुसार काम हुन नसकिरहेको छैन । विभागले अनुकूल स्थानमा सडक मर्मत गरिरहेको छ ।

नियमित पानी परिरहेको छ त्यहाँ काम गर्न नसकेकाले त्यहाँ खाल्डा देखिएको छ । सडकमा बढी समस्या नारायणगढ–बुटवल खण्डमा देखिएको छ । निरन्तर वर्षा र सवारीसाधन बढी भएकाले काम गर्न सजिलो छैन । पहिरो गएका ठाउँमा समेत काम गर्न सकिएको छैन ।

पानी रोकिएपछि सतह मिलाउने, कालोपत्रको काम गर्न सकिनेछ । उहाँले भन्नुभयो, “वर्षाका कारण काम गर्न नसकेर सडक अप्ठेरो भएको छ ।

अहिले साँफेबगर–मार्तडी, बेनी–जोमसोम, बेसीसहर–चामे, मुग्लिन–नारायणगढमा समस्या देखिएको छ । पहाडका सडकमा वर्षामा बिग्रिएकामा अझै काम गर्न नपाइएको जनाइएको छ । दसैँको समयमा डिभिजन सडक कार्यालयले नियमित मर्मतको काम गर्ने भएका छन् ।

एक दुई दिनबाहेक काम हुनेछ । कामदारमध्ये धेरै स्थानीयवासी भएकाले सम्बन्धित डिभिजनले उनीहरुलाई काम लगाउनेछन् । सङ्घीय सरकारको जिम्मेवारीमा अहिले ८० राजमार्गको झन्डै एक हजार पाँच सय किमी सडक रहेको छ । जम्मा सडकमध्ये १० हजारमा किमीमा नै नियमित मर्मत आवश्यक हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले बताए ।

वर्षाले कतिपय सडक पूर्ण र कतिपय आंशिकरुपमा अवरुद्ध छन् । त्यसमा कतिपय एकातर्फबाट र कतिपय पूर्ण सञ्चालनमा आइसकेको छ । गएको वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष देशभरका सडकका चाप बढिरहेका सडक खण्ड पटक पटक अवरुद्ध भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.