दाङमा शीर्ष नेताहरुको गरे मतदान, राम्रालाई रोज्न आग्रह

दाङमा शीर्ष नेताहरुको गरे मतदान, राम्रालाई रोज्न आग्रह

दाङ । स्थानीय तह निर्वाचनमा दाङका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु आ–आफ्ना मतदान केन्द्रमा मतदान गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूूर्वमन्त्री रेखा शर्माले घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय मसिना मतदान केन्द्रमा मतदान गरिन भने अर्का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले तुलसीपुर–१२ को पशुपति मावि हरिपौराबाट मतदान गरे ।

त्यसैगरी नेकपा (एमाले)का महासचिव एवम् लुुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–ं१९ स्थित जनता विद्यापीठ बिजौरीस्थित मतदान केन्द्रमा मतदान गर्दै स्थानीय तहको विकासका लागि हाम्रो होइन् राम्रो व्यक्ति चुन्नुु पर्ने बताए । त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले ंदङ्गीशरण गाउँपालिका–४ स्थित रात्रि मावि बैबाङ मतदान केन्द्रमा मतदान गरे ।

त्यसैगरी तुलसीपुरको बोर्डिङमा रहेको मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसीले मतदान गरे भने लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुर–६ को सेन्टर माविस्थित मतदान केन्द्रमा मतदान गरे ।

त्यसैगरी संविधानसभा सदस्य अनारकली मियाँले तुलसीपुर–५ को तुलसी बोर्डिङ स्कुलको मतदान केन्द्रमा मतदान गरे । नेकपा एमाले तुलसीपुर उपमहानरका उपप्रमुख उम्मेदवार स्यानी चौधरी, विप्लव निकट नेकपाबाट उपप्रमुखका स्वतन्त्र उम्मेदवार खेमराज वलीलगायतले सोही मतदान केन्द्रबाट मतदान गरे ।
शारीरिक रूपमा अशक्त र अपाङ्गता भएका व्यक्तिका साथै किरिया बसेकाले पनि आफ्नो ठाउँको विकासका लागि राम्रो व्यक्तिलाई चुन्न मतदान गर्न आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.