सर्लाही । बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
४ बर्षीय छोरा र ६ वर्षीया छोरी र आमा झुण्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए । मृतक महिलाका श्रीमान् चार बर्षदेखि वैदेशिक रोजगारमा छन् ।
तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको प्रहरीको भनाइ छ । मृत्युबारे गहिरो अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

