भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुर्गम चुम्चेतमा बिजुली बत्ती

दुर्गम चुम्चेतमा बिजुली बत्ती

गोरखा । उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न सुरु गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएका हुन् । दुर्गम क्षेत्रमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रीकल्चरल एन्ड एसोसिएशन ब्रिटिस गोर्खाज नेपालको सहयोगमा चुम्चेतका बस्ती बिजुली बत्ती बाल्न सफल भएको उहाँको भनाइ छ ।

चुम्चेतको खोलामा निर्माण गरिएको उक्त आयोजनाबाट स्थानीय चुम्लिङ, चुम्चेत, थार, सिप्चेत, डुम्जो, रेन्ञम, यार्चोलगायतका क्षेत्रमा बिजुली बत्ती पुगेको अध्यक्ष लामाले बताउनुभयो । गाउँमै बिजुली बत्ती बाल्न पाएपछि स्थनीय बासिन्दा खुसी भएको उहाँले बताउनुभयो ।बिजुली बत्ती नहुँदा बत्ती बाल्न मात्र नभएर कुटानी पिसानीमा दुःख खेप्दै आएका चुम्चेतका स्थानीय बासिन्दाहरुलाई अब सजिलो हुने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । गएको मङ्सिरबाट निर्माण सुरु भएको आयोजना झन्डै सात महिनामा निर्माण सम्पन्न भएको हो ।

 


Thali Mobile Pvt.Ltd.