भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दूध नबिक्दा किसानलाई समस्यामा, दैनिक १३ लाख क्षति

दूध नबिक्दा किसानलाई समस्यामा, दैनिक १३ लाख क्षति

इलाम ।  विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ । दूध बिक्न छाडेपछि विशेषगरी व्यावसायिकरूपमा गाईपालनमा लागेका किसानलाई समस्या भएको छ । एकातिर किसानले उत्पादन गरेको दूध खेर गइरहेको छ भने अर्कातिर पारिवारिक खर्च टार्न धौधौ भएको छ ।

दूध बेचेरै परिवार चलाउने किसानलाई अब गुजारा गर्न गाह्रो भएको छ । “दुई वटा गाईको झण्डै पन्ध्र लिटर दूध बेच्थेँ । अहिले दूध नबिक्दा समस्या भएको छ”, सन्दकपुर गाउँपालिकाका किसान बालकृष्ण खनालले भन्नुभयो । खनालको मुख्य आर्थिक स्रोत नै दूध थियो तर दूधै नबिक्दा समेत समस्या हुने उहाँको भनाइ छ ।   विराटनगर आयोजनाले दैनिक सरदर ३० हजार लिटर दूध खरिद गर्छ । त्यसको ७५ प्रतिशतभन्दा बढी इलामबाट आपूर्ति हुने गरेको छ ।

आयोजनाले रसायनको अभाव देखाएर दूध खरिद नगर्दा इलामको किसानले मात्रै दैनिक रु १३ लाखभन्दा बढी नोक्सानी व्यहोर्नु परिरहेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामका अध्यक्ष हेमराज कट्टेल बताउनुहुन्छ । पूर्वको धनकुटा, तेह्रथुम, मोरङ, सुनसरीबाट पनि आयोजनाले दूध खरिद गर्दै आएको छ । एक हप्तादेखि आयोजना बन्द गरिएकाले पूर्वका किसानले रु एक करोडभन्दा बढी नोक्सानी खेप्नुपरिरहेको छ । आयोजना कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ ।

आयोजनाले यसपटक रसायन अभाव देखाएर दूध खरिद नगरे पनि यसअघि पनि विभिन्न वहानामा अघोेषित ‘मिल्क होलिडे’ गर्दै आएको सङ्घका अध्यक्ष कट्टेलले बताउनुभयो । दूध बिक्री नभएपछि पोखाउनुको विकल्प नरहेको उहाँले बताउनुभयो । आयोजनाले भने भारतबाट ल्याउनु पर्ने रसायन भन्सारमै अड्किएकाले पाउडर बनाउन नसकिनाले दूध खरिद नगरेको जनाएको छ । आपूर्तिकर्ताले भन्सारमै रसायन अड्किएको भनेर नल्यादिएकाले दूध प्रशोधन गर्न नसकिएको विराटनगर दूग्ध वितरण आयोजनाका सहायक प्रबन्धक महेन्द्र रायले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.