भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

दैलेखका युवालाई रोजगारी दिएर गाउँमै रोक्ने

दैलेखका युवालाई रोजगारी दिएर गाउँमै रोक्ने

दैलेख । महाबु गाउँपालिकाले कोरोना महामारीका वेला गाउँ फर्किएका युवालाई गाउँमै रोक्न रोजगारी सिर्जना गरेको छ । कोरोना महामारीका वेला दुई हजार सात सय युवा गाउँ फर्किएपछि तिनीहरुलाई रोजगारी दिन गाउँपालिकाले यस्तो योजना बनाएको हो ।

ठूला मेसिनको प्रयोग बन्द गरेर उनीहरुलाई विकास निर्माणका काममा लगाउने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए । कृषि, पशुपालनसँगै गाउँ र वडामा हुने सबै विकास निर्माणका काममा अनिवार्य रूपमा ति युवा परिचालन हुनेछन् ।

गाउँपालिकामा कोरोना सङ्क्रमण कम देखिएकाले दसैँ र तिहारकै वेलामा युवालाई विभिन्न रोजगारीका काम दिएर आम्दानीका स्रोत व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले बताए ।

 


Thali Mobile Pvt.Ltd.