भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

दैलेखका होटल व्यवसाय पूर्ण बन्द गर्न निर्देशन

दैलेखका होटल व्यवसाय पूर्ण बन्द गर्न निर्देशन

दैलेख । कोरोना भाइरसबाट बजार क्षेत्रका फेन्सी व्यवसायी र होटल व्यवसायी ठूलो संख्यामा संक्रमित हुँदै गएपछि जिल्ला प्रशासन कायार्लयले होटल, चियानास्ता पसल र रेष्टुरेष्टहरु तत्कालका लागि पूर्ण बन्द गर्ने निर्णय गरेको छ ।

संकट व्यवस्थापन संचालन केन्द्र, जिल्लागत संरचनाले संक्रमण पुष्टी भएका सबैखाले व्यवसाय गर्ने व्यवसायी र निजको परिवारका सदस्यहरु प्रत्यक्ष संलग्न भई सञ्चालनमा रहेका पसल, व्यवसाय र सेवाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय भएको जनाएको छ ।

कोरोना भाइरसका संक्रमणको जोखीम न्यूनिकरणका लागि फेन्सी व्यवसाय गर्ने व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्ड बमोजिम मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने तथा पसल बाहिर साबुनपानीले हात धुन समेत अनिवार्य रुपमा व्यवस्था मिलाउन निर्दशन दिएको हो ।

दशैमा घटस्थापनादेखी दशमीसम्म जिल्लाका विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा सर्वसाधारणको भिड अत्यधिक हुने भएकोले, कोरोना संक्रमणको फैलिदो जोखीमलाई मध्यनजर गर्दै जिल्लाका सम्पूर्ण स्थानीय तहहरुका सबै वडाहरुमा रहेका शक्तिपिठ तथा मन्दिरहरुमा पूजारीले गर्ने नित्य पूजा बाहेक बलिरबध तथा भीडभाड गरि दर्शन आदिका लगि प्रवेश गर्न नमिल्ने गरी निषेधित क्षेत्र कायम गरिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.