अमेरिकाले निहुँ खोजे ध्वस्त पारेर देखाइदिने चीनको दावी

अमेरिकाले निहुँ खोजे ध्वस्त पारेर देखाइदिने चीनको दावी

काठमाडौं । दक्षिण एशिया तर्फ चहलपहल बढाएको अमेरिकाले चीनसंग निहुँ खोजिरहेको छ । विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनको सम्बन्ध पछिल्लो समय तनावपूर्ण अवस्थामा छ । अमेरिकीमा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा नियुक्त भएदेखि नै तनावको दिशातर्फ गएको द्विपक्षीय सम्बन्ध झन बिग्रँदै गएको छ ।

चीन विरोधी नीति लिएका ट्रम्पले चीनसँगको सम्बन्ध बिग्रीदा पनि चिन्तित देखिएका छैनन् । ओवामा राष्ट्रपतिमा आएपछि अमेरिका(चीन सम्बन्ध मजबुत बन्दै गएको थियो । तर ट्रम्प आएदेखि अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।सम्बन्ध चिस्याउने सबैभन्दा ठूलो कारण व्यापार युद्ध रहेको छ ।

अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक सम्बन्ध चीनसँग रहेको छ । ट्रम्पले व्यापारघाटा घटाउने कदमहरु चाले । सन् २०१८ देखि अमेरिका र चीनले विभिन्न चरणमा एकअर्कामाथि अतिरिक्त भन्सार शुल्क लगाउँदै आए । गत जनवरी १५ मा दुई मुलुकको बीचमा पहिलो चरणको व्यापार सम्झौता भएको थियो । यो सम्झौता कोरोना भाइरस ९कोभिड(१९० को महामारीको कारण पालना हुन सकेको छैन । अमेरिकाले चिनियाँ प्रविधि कम्पनीमाथि प्रतिबन्ध लगाइसकेको छ ।

अमेरिकाले सिन्चियाङ प्रान्तमा रहेका वीगुर मुस्लिमहरु माथि चिनियाँ अधिकारीले ज्यादती र दमन गर्दै आएको आरोप लगाउने गरेको छ । यद्यपि चीनले भने उक्त आरोप अस्वीकार गर्दै आफ्ना नागरिकको मानव अधिकारको विषयमा आफू संवेदनशील रहेको बताएको छ । अमेरिकाले चीनमाथि दक्षिण चीन सागरमा आफ्नो दादागिरी देखाउने गरेको आरोप लगाउने गरेको छ ।

दक्षिण चीन सागरमा चीन, ताइवान, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया र भियतनामले आफ्नो दाबी गर्दै आएका छन् । अमेरिकाले दक्षिण चीन सागरमा प्रभुत्व जमाउन खोजेको छ । तर त्यसको असफल्ता भोगिरहेको छ । पछिल्लो समय कोरोना महामारीमा चीनलाइ साथ दिनको सट्टा अमेरिकाले चीन माथि नै आरोप लगाएर ट्रम्पले चीनले महामारीको मूल्य चुकाउनुपर्ने बताए ।

ट्रम्पको दाबी निराधार बेतुक सावित गरिदिएको छ । विश्वमा आफ्ना चिकित्सक र स्वास्थ्य सामाग्री पठाएर मानव सेवामा लागेको चीनलाइ अमेरिकी राष्ट्रपतिले चिनियाँ भाइरस संज्ञा दिएपछि भने चीनले निहुँ नखोज्न अनुरोध गरेको छ । यदि साच्चिकै निहुँ खोज्ने भए अमेरिका ध्वस्त पार्ने ताकत आफुसंग रहको चीनले बताउदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.