भर्खरै : Sorry, your browser does not support inline SVG.
आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू |

दोलखामा श्रेष्ठ, बैतडीमा पाल र ताप्लेजुङमा थेबे निर्वाचित

दोलखामा श्रेष्ठ, बैतडीमा पाल र ताप्लेजुङमा थेबे निर्वाचित

चरिकोट, । नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सुन्दर कार्की निर्वाचित हुनुभयो ।

जिल्लाभरका ८३२ प्रतिनिधिमध्ये ८०७ मत खसेकामा श्रेष्ठले ५०९ मत प्रप्त गर्नुभएको थियो भने दुललाले २८४ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ लिदै अध्यक्ष श्रेष्ठले पार्टीलाई विधिवत् रुपमा सञ्चालन गरी साङ्गठनिक, आर्थिकलगायत सबै क्षेत्रमा मजबुद बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैतडीमा पाल

यसैगरी बैतडीमा पुनः सुरेन्द्र पाल अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । पाटनमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले पाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली निर्वाचित हुनुभयो । अध्यक्ष पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी पनि गठन गरिएको छ ।

ताप्लेजुङमा थेबे

पार्टीको ताप्लेजुङ जिल्ला समितिको अध्यक्षमा भुपेन्द्र थेबेले बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै विजयी हुनुभएको छ । जम्मा ६३५ मतमध्ये थेबेले ३२९ मत प्राप्त गर्नुभएको थियो भने साम्सोहाङले २७३ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा केसरकुमार मेन्याङबो तथा उपसचिवद्वयमा मणि पोमु र दीपेन पोमुले विजयी हुनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.