भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

कैलाली । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले सबैको ध्यान आकर्षण गरिरहेको वेला कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमाल सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयरमा विजयी भएका हुन ।

उपमेयरमा नेकपा एमालेकी कन्दकला कुमारी राना विजयी भएकी छन् । हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गर्दै विजयी भएका हुन भने उपमेयरमा रानाले १५ हजार ४ सय ७९ मत प्राप्त गरेर जित हासिल गरेकि हुन ।

गठबन्धन तर्फका मेयरको उम्मेदवार वडले १४ हजार ८१७ मत प्राप्त गर्दै पराजित भए भने नेपाली कांग्रेसकी उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार ६ सय ७० मत प्राप्त गरी पराजय भोगेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.