भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

धवलागिरिका गर्भवती र सुत्केरीलाई घीउ र अण्डा

धवलागिरिका गर्भवती र सुत्केरीलाई घीउ र अण्डा

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बालबालिकालाई पौष्टिक आहरा उपहार दिन थालेको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरीक्षण, बच्चाको तौल वृद्धी अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घीउ, अण्डालगायतका पौष्टिक आहरा उपहार दिन सुरुआत गरेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि पौष्टिक आहरा उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । “स्वास्थ्य संस्थामा सुत्केरी भएका, चार, छ, आठ र नौ महिनामा गर्भजाँच गराउने आमा र १५ महिनाभित्र तोकिएका सबै मात्राको खोप लगाएका तथा १२ र २४ महिनामा तौलको वृद्धी अनुगमन गर्न आउनेलाई पोषिला खानेकुरा दिने गरिएको छ,” उहाँले भन्नुभयो “पालिकाभित्रका स्वास्थ्य संस्थाबाट सेवा लिने आमा र बच्चाले यो सुविधा पाउने कार्यविधि बनाएका छौ ।”

चार पटकको गर्भपरीक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाको साथमा आधा लिटर घीउ र सुप बनाएर सुत्केरीले खाने ज्वानो उपहार दिने गरिएको छ । १५ महिनामा तोकिएको सबै मात्राको खाप लगाउने, १२ र २२ महिनामा वृद्धी अनुगमन गर्ने बच्चाले पनि एक÷एक क्यारेट अण्डा पाउछन् । चालू आर्थिक वर्षमा रु छ लाख बजेट विनियोजन भएको यस कार्यक्रमबाट वडा नं ३ मुना, ५ मल्कवाङ र ६ मराङका २६ जना सुत्केरी, १६ जना गर्भवती र ३४ जना बालबालिकाले यो सुबिधा पाएका छन् ।

अन्य वडामा पनि स्वास्थ्य संस्थामार्फत यो सेवालाई निरन्तरता दिइएको छ । भौगोलिक रुप्मा विकट र दुर्गम क्षेत्रमापर्ने धवलागिरि गाउँपालिकाका अधिकांश महिला सुत्केरी हुन सदरमुकाम बेनी तथा जिल्ला बाहिरका अस्पतालमा जाने गर्छन् । केही अझै पनि भरमा असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङमा गतवर्ष धवलागिरिका ३०० जना सुत्केरी भए पनि पालिकाभित्रैका संस्थामा सुरक्षित प्रसूति सेवा लिनेको सङ्ख्या १२९ जना थियो । धवलागिरिको सात वटै वडाका स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा उपलब्ध छ ।

 


Thali Mobile Pvt.Ltd.