भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नक आउट चरणको खेल तालिका सार्वजनिक

नक आउट चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता यूएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले गएराति निकालेको ‘ड्र’ अनुसार राउण्ड अफ सिक्सटिनमा साविक विजेता चेल्सीले फ्रेन्च क्लब लिलसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै लियोनल मेस्सी रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिड भिड्ने भएका छन् ।

लिभरपुलले राउण्ड अफ १६ मा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दा म्यान्चेस्टर सिटीले स्पोर्टिङ लिस्बनसँग खेल्नेछ । जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियाको साल्जवर्गसँग खेल्दा पोर्चुगलको बेनिफीकाले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडले स्पेनको एट्लेटिको मड्रिड तथा इटालीको युभेन्ट्सले स्पेनको भियारियालसँग खेल्नेछ । राउण्ड अफ १६ का खेलहरु फेब्रुअरी १५ तारिखमा सुरु हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.