भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नयाँ वर्षको अवसरमा भक्तपुर अस्पताल मेडिकल सुपरिटेण्डेण्ट डा. गौतम विभूषित

नयाँ वर्षको अवसरमा भक्तपुर अस्पताल मेडिकल सुपरिटेण्डेण्ट डा. गौतम विभूषित

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा भक्तपुर अस्पताल मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतम विभूषित हुनुभएको छ । संविधान दिवसको अवसर पारेर सरकारले गत असोज ३ गते घोषणा गरेको मानपदवीबाट नयाँ वर्ष २०७८ को अवसरमा आइतबार डाक्टर गौतम विभूषित हुनुभएको हो । जनसेवाश्री चतुर्थ श्रेणीबाट स्त्री रोग बिषशज्ञ डाक्टर सुमित्रा गौतम विभूषित हुनुभएको हो । नयाँ वर्षको अवसरमा विभिन्न क्षेत्रका ३४२ जनालई मानपदवी र विभूषणले सम्मान गरिएको थियो ।dr gautam

कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न प्रदान ,राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशीलाई महाउज्नवल राष्ट्रदीप(प्रथम श्रेणी) प्रदान गरिएको हो । प्रवल जनसेवा श्री पदवी १६० जना, ७४ जना जसेवाश्री पञ्चम श्रेणी , ६२ जना प्रबल जनसेवा श्री चतुर्थ श्रेणी प्रदान गरिएको थियो । नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री र जनसेवा श्री लगायत विभूषण तथा मान सम्मान प्रदान गरिएको  थियो ।

 


Thali Mobile Pvt.Ltd.