नवदुर्गाको मुकुन्डो बनाउन आर्थिक सङ्कट

नवदुर्गाको मुकुन्डो बनाउन आर्थिक सङ्कट image

भादगाउँ । सांस्कृतिक तथा धार्मिक परम्परा चलाउन प्रत्येक वर्ष निर्माण गरिने नवदुर्गाको मुकुन्डो आर्थिक अभावसँगै बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेसा सङ्कटमा परेको छ । नवदुर्गा नाचका लागि विभिन्न देवीदेवताका १३ मुकुन्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एक जनामात्र संलग्न छन् ।

परिवारका सदस्यसमेत यो पेसाबाट विमुख छन् । पूर्ण चित्रकारपछि यो पेसा कसले सम्हाल्ने हो अहिलेसम्म अन्योल छ ।प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीका दिन बनाउन सुरु गरेर बडादसैँको महानवमीको राति प्रदर्शन गर्न तयार गरिसक्नु पर्दछ ।

महानवमीको मध्यरातमा ब्रम्हायणी शक्ति पीठमा तान्त्रिक विधिले पूजा गरी मुकुन्डोलाई सिद्ध गरेपछि नवदुर्गा नाच सुरु हुन्छ । यो नाचलाई भक्तपुर नगरका २१ ठाउँबाहेक मध्यपुर थिमी, चाँगुनारायण, बनेपा, धुलिखेल, पनौती, साँगा, श्रीखण्डपुर, खम्पू, ढुर्खकलगायतका स्थानमा आठ महिना प्रदर्शन गरिन्छ ।

महादेव, गणेश, ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रयणी, महाकाली, सिम्ह, दुम्ह, भैरव र श्वेतभैरव गरी १३ वटा नवदुर्गा देवगणको मुकुन्डो तीन महिनामा तयार गर्नुपर्दछ ।

मुकुन्डो बनाउन कालोमाटो, विभिन्न किसिमका ढुङ्गाबाट बनेको रङ, सुन, मैदा, मट्टीतेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडा, मासलगायतका सामग्री आवश्यक पर्दछ । हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदारसमेत पाउन मुस्किल रहेको चित्रकार बताउछन् ।

मुकुन्डो बनाउन पहिला माटोलाई धुलो बनाएर चाल्ने, त्यसपछि मैदाको माड बनाई धुलो माटो हाल्दै मुछ्ने र डल्ला डल्ला बनाई राखिन्छ । सो डल्लो सुकेपछि कपास र नेपाली कागज राखी फुटाउनुपर्छ । अनिमात्र मकुन्डो बनाउने कार्य सुरु हुने चित्रकारले बताए ।

मुकुन्डो बनाउन कामदारको ज्याला, आवश्यक सामग्री खरिद र आफ्नो ज्यालासमेत जोड्दा बर्सेनि तीन लाख खर्च हुन्छ । उमेरले समेत साथ छाड्दै आएकाले आफू पछि कसले मुकुन्डो बनाउँछ भन्ने चिन्ता चित्रकारलाई छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

 

Panauti Word 2 Kushadevi

Panauti Word 3 Kusadevi

Madhyapur Thimi Municipality Ward 2 jatigaal

Aathabis Municipality

Hotel Mount Everest