भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नागरिकको जीवन रक्षका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री

नागरिकको जीवन रक्षका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री

काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवनरक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए। पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणदर निकै बढेकामा चिन्ता व्यक्त गर्दै उनले सङ्क्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताए ।

आज सामाजिक सञ्जालमार्फत सरकारका प्रवक्ता कार्कीले भन्नुभएको छ, “पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ । नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्रगतिमा अगाडि बढेको छ । म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु ।”

 


Thali Mobile Pvt.Ltd.