भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नाग पञ्चमीः मूलढोकामा नागको चित्र टाँसी पूजा गरिदै

नाग पञ्चमीः मूलढोकामा नागको चित्र टाँसी पूजा गरिदै

काठमाडौ । घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस दिन घरका मँल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धँपदीप गरी विधिपँर्वक पँजा गर्ने चलन छ ।

यसरी घरघरमा नागका तस्बिर टाँस्नाले मेघ, सर्प र अग्निको भय नहुने धार्मिक विश्वास छ । नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग पँजा पञ्चमीका दिन गरिन्छ ।

बिहानै स्नान गरी गार्ईको गोबर अथवा गहुँको पिठोबाट निर्मित वा कागजमा बनाइएको नागलाई दियो, कलश, गणेश पँजा गरी दही, दुबो, कुश, फँल, सिन्दँर, चन्दनले पँजा गरिन्छ । नाग पँजा गरी, धँपदीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरका ढोकामा टाँस्नाले कालसर्प आदि गरिएको योग नष्ट हुने विश्वास छ ।

आजको दिन काठमाडौं नक्सालको नागपोखरीमा मेला लाग्ने गरेको छ । नागपोखरीबाहेक कर्कोटक नागको बासस्थानका रूपमा परिचित काठमाडौं टौदह, कालीनागको बासस्थान ललितपुर धापाखेल नागदह, भक्तपुर सिद्धपोखरी, पनौतीलगायत विभिन्न दहमा मेला लाग्ने गर्छ ।

 


Thali Mobile Pvt.Ltd.