भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नाफिज अध्यक्षमा ढकाल निर्वाचित

नाफिज अध्यक्षमा ढकाल निर्वाचित

काठमाडौँ । नेपाल आर्थिक पत्रकार सङ्घ ( नाफिज )मा मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।तेह्र सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ । कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ । निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो ।

ढकाल ‘दि राइजिङ नेपाल’मा कार्यरत हुनुहुन्छ । उपाध्यक्षमा ‘नोटबजार डटकम’का परमेश्वर अधिकारी र ‘हाम्रो अर्थ’की मेनुका कार्की निर्वाचित हुनुभएको छ ।महासचिवमा ‘अनलाइन खबर’का नवीन ढुङ्गाना, सचिवमा ‘नेपाल खबर’का दीपक भट्ट र कोषाध्यक्षमा ‘सिंहदरबार’की दिलु कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।सदस्यमा ‘रातोपाटी’का निकेश खत्री, ‘अनलाइन खबर’का विजय पराजुली, ‘सेतोपाटी’की सविना कार्की र ‘नेपाल प्रेस’का राजाराम न्यौपाने विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.