भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

निर्दयी बुहारी वृद्धाश्रम जान नमानेपछि गरिन् सासुको हत्या

निर्दयी बुहारी वृद्धाश्रम जान नमानेपछि गरिन् सासुको हत्या

एजेन्सी । वृद्धाश्रम जान नमानेको भन्दै भारतको नयाँ दिल्लीमा एक जना महिलाले आफ्नै सासुको हत्या गरेकी छन् । ४८ वर्षकी सरमिस्ठा सोमले आफ्नी ८६ वर्षकी सासु हर्षी सोमको कुटपिट गरेर हत्या गरेकी हुन । अनुसन्धानका क्रममा हर्षीकी बुहारी सरमिस्ठा दोषी देखिएकी हुन् ।

उनले वृद्धा सासुलाई हेरचाह गर्दा आफू वाक्क र दिक्क भएका कारण वृद्धाश्रममा पठाउने निधो गरेको बयान दिएकी छन् । वृद्धाश्रम जान नमानेपछि सासुको हत्या गरेको बुहारी सरमिस्ठाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

दिल्ली प्रहरीका अनुसार गत अप्रिल २८ मा हर्षीको शव नेब सराईस्थित अपार्टमेन्टमा भेटिएको थियो । तर उनलाई कसले हत्या गरेको हो भन्ने बारेमा थाहा नभएका कारण अनुसन्धान गर्न ढिलाई भएको प्रहरीले बताएको छ । उनको अनुहार र टाउकोमा गम्भीर चोट देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.