काठमाडौं । नेकपा अध्यक्ष ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनले गाएको गीतको म्युजिक भिडियोमा महानायक राजेश हमाल जोडीको रुपमा देखिएका छन् ।
स्मीता र राजनराज शिवाकोटीको स्वरमा सजिएको ‘मालिङ्गो’ बोलको भिडियो आज सार्वजनिक भएको हो । बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई यस भिडियोमा देख्न सकिन्छ । राजेश हमाल पत्रिका पु¥याउने हकरको भूमिकामा रहेका छन् ।
सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको यस भिडियोको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् । सुनिल क्षेत्रीको कथा÷कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियोको छायाङ्कन नवराज उप्रेतीले गरेका हुन भने सरोज ओलीकोे निर्देशनमा भिडियो तयार भएको छ ।
हेर्नुहाेस् भिडियाे…
