भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल

नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई दिने निर्णय गरेको हो ।

बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर ज्ञवाली र पौडेललाई इन्चार्जको जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.