भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नेपालको कठिन यात्रा, आज युएईसँग भिड्दै

नेपालको कठिन यात्रा, आज युएईसँग भिड्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल आज युएईविरुद्ध भिड्दै छ। दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा अहिले केही बेरमा दुई टोलीबीच खेल सुरु हुदै छ ।

ग्लोबल छनोटमा स्थान बनाउन नेपालले आजको खेलमा यूएईलाई ठूलो अन्तरले हराएर उसको भन्दा धेरै नेट रन रेट बनाउनु पर्नेछ। यूएई ८ अंकले अगाडि छ भने नेपाल र हङकङ समान ६–६ अंक छ। आजको खेलमा नेपालले जित निकाल्न सके नेपाल पनि समान ८ अंक जोड्न सफल हुनेछ।

६ टिम सहभागी प्रतियोगिताबाट एक टिमले ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ । शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर नेपाल, यूएई र हङकङलाई छ तर छनोटमा २ अंक मात्र जोड्न सफल मलेसिया र भुटासँगै अंकविहीन कुवेत बाहिरिइसकेको छ।

 


Thali Mobile Pvt.Ltd.