भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

नेपालगञ्जका स्थानीय तर सिल, संक्रमित संख्या १६ पुग्याे

नेपालगञ्जका स्थानीय तर सिल, संक्रमित संख्या १६ पुग्याे image

२२ बैशाख २०७७ बाँके । नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित १६ जना पुगेपछि नागरिकमा त्रास फैलिएको छ । संक्रमित बढ्दै गएपछि स्थानीय तह धमाधम सिल गरिदैछन् । कोरोनाका बिरामी एकाएक थपिँदै गएपछि सम्भावित क्षेत्रको पहिचान गरी प्रशासनले चार ठाउँमा सिल गरिसकेको छ ।

सिल गरिएका क्षेत्रमा सर्वसाधारणलाई बाहिर निस्कन समेत नदिने र बाहिरका व्‍यक्तिलाई सो क्षेत्रमा जान नपाइने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जनाएका छन् । एउटै समुदायका १५ जनामा कोरोना संक्रमण भएपछि प्रशासनले हिँड्डुलमा कडाई गरेकै बेला नेपालगन्जका सर्वसाधारणले बाहिरबाट आउनेलाई प्रवेश निषेध गरेका छन्।

सुरक्षाकर्मी परिचालन गरिएको छ भने आ–आफ्नो टोलको मुख्य प्रवेशद्वारमा बार लगाएर प्रवेशमा रोक लगाइएको छ । तरकारी, फलफूल, दूध बिक्री गर्न आउनेलाई समेत प्रवेश निषेध गरिएको समावेशी टोलका कुलाराम थारूले बताए । मान्छेको अनुहार हेरेर कोरोना थाहा पाउन नसकिने भन्दै टोल बाहेकका ब्यक्ति प्रवेश गर्न नदिन डोरी र तारको बार लगाएको उनको भनाई छ ।

प्रशासनले खजुरा र कोहलपुरका चार वटै नाका सिल गरे पनि जनप्रतिनिधिले स्थानीय तह र वडालाई नै सिल गरेर मतदाता सुरक्षित बनाउने अभियान थालेका छन् । गाउँपालिकाले सोमवारदेखि चार वटै किल्लाबाट आवतजावत रोक लगाएको हो ।

दक्षिणतर्फको नाका भारतबाट आउने सडक, पश्चिममा मानखोला, उत्तरमा बैजनाथ गाउँपालिकाबाट आउने सडक र पूर्वतर्फ नेपालगन्ज–गुलरिया सडक खण्डको कपास विकास समितिको पुलबाट गाउँपालिकालाई सिल गरिएको अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

यस्तै कोहलपुर नगरपालिकाले चारैतिरको नाका सिल गर्ने जनाएको छ । कोरोनाबाट जोगाउन पहिलदेखि नै नगरभित्र प्रवेशमा कडाई गरिएको भन्दै अब पूर्ण रुपमा निषेध गरिने मेयर लुटबहादुर रावतले बताए । हवलदारपुरमा बेरियल लगाएर प्रवेशमा कडाई गरेको छ भने रत्न राजमार्ग र महेन्द्र राजमार्ग पर्ने भएकोले आउजाउ रोक्न समस्या भएको उनको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ पनि सिल गरिएको छ । वडामा आउजाउ गर्न नपाइने गरि सिल गरिएको वडा अध्यक्ष प्रमोद रिजालले बताए। वडामा कोरोनाका बिरामी फेला पर्न थालेपछि सजगता अपनाएको उनको भनाइ छ ।

सिल गरिएको ठाँउमा आउजाउ गरे आर्थिक जरिवाना र भौतिक कारबाही गरिने कोहलपुर नगरपालिका–१४, भिखारीपूर्वाका बासिन्दाले बताएका छन् । यादव समुदायको बाक्लो बस्ती रहेको सो गाउँको पश्चिमीद्वारमा स्थानीयले डोरी र रिबनको बार लगाएर प्रवेश निषेध गराएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • सरकारी गाडीमा जिपिएस जडान गरेर ‘डिजिटल निगरानी’ image

    सरकारी गाडीमा जिपिएस जडान गरेर ‘डिजिटल निगरानी’

    दाङ‍ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहतका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनको डिजिटल निगरानी गरिने भएको छ । चार पांग्रे सरकारी सवारी साधनमा जिपिएस जडान गरेर...

  • लुम्बिनीको हिउँदे अधिवेशन आजदेखि image

    लुम्बिनीको हिउँदे अधिवेशन आजदेखि

    तुलसीपुर । लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो । बैठक आज दिउँसो २ बजेदेखि बस्ने प्रदेश...

  • पूर्वीनाकाबाट कृषि वस्तुको निर्यात बढ्यो image

    पूर्वीनाकाबाट कृषि वस्तुको निर्यात बढ्यो

    झापा । काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१–८२ को त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि...

  • कांग्रेस–एमाले समीकरण चुनावका लागि मात्रै होइनः प्रकाशशरण महत image

    कांग्रेस–एमाले समीकरण चुनावका लागि मात्रै होइनः प्रकाशशरण महत

    नुवाकोट । वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन...


hotelghyampedanda