भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

काठमाडौँ । पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले जितका लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा आज शुरु भएको खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सवै विकेट गुमाएर १३४ रन बनायो ।पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाउनुभयो ।

यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, किप्लिन डोरिगाले १५, चाड सोपरले अविजित १७, सेसे बाउले १४ र कप्तान असाद भालाले ४ रन मात्र बनाउनुभयो । टोनी उरा र नोसिना पोकाना एक एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाइकनै पेभेलियन फर्किनुभयो ।पपुवा न्युगिनीको पारीलाई न्यून स्कोरमा खुम्च्याउने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक्लैले चार विकेट लिनुभयो । यस्तै आजको खेलमा डेब्यू गर्नुभएका विक्रम सोबले दुई विकेट लिनुभयो । कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिनुभयो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्न लागेको हो । नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ । नेपालले केहीबेर अघिसम्म ६ ओभरमा बिनाकुनै विकेट २९ रन बनाएको छ । प्रारम्भिक ब्याटस्म्यानद्वय कुशल भुर्तेल र आशिफ शेखले अहिले ब्याटिङ गरिरहनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.