भक्तपुर । मध्यपुरथिमी नगरपालिकामा भएको राष्ट्रव्यापी खुला रेपिड चेस प्रतियोगितामा तीन पटक नेपाल च्याम्पियन बनेका वद्रीलाल नेपालीलाई हराउँंदै ताप्लेजुङ्गका हरि सुव्वा विजयी भएका छन् । आठ अंकका साथ हरि विजयी भएका हुन ।
नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर थिमि नगर समितिको आयोजनामा भएको प्रतियोगितामा सुव्वा विजयी भएसंगै चर्चा चल्न थालेको छ । प्रतियोगितामा देशभरबाट १७५ जना चेस खेलाडीको सहभागिता रहेको थियो ।
यस प्रतियोगितामा अन्तराष्ट्रिय च्याम्पियनको पनि सहभागिता रहेको थियो । विजयी खेलाडीलाई मेडल तथा प्रमाण पत्र र नगदसहित नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा नेक्रायुसंघका मिनबहादुर बाटा, नेमकिपाका रमेश वैद्य, चिफ आर्विटर राजकुमार लघु, नेपाल चेस संघका अन्तराष्ट्रिय आर्विटर निरञ्जन प्रजापति, एक्टिभ इ स्कुलका निर्देशक आशाहरी प्रजापति, मध्यपुर चेस एसोशियसनका उपाध्यक्ष श्याम गोजालगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर, २९ असार । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएकाे छ । शनिबार सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको...
बेलबारी, २९ असार । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको...
काठमाडौँ, २९ असार । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विदेशी नागरिकलाई श्रम इजाजत दिने प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ। नेपालमा विदेशी श्रमिकको संख्या बढ्दै गएपछि विभागले अब नेपाली...
म्याग्दी, २९ असार। धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट...