भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

छेपाडीमा नेमकिपाकाे कार्यकर्ता भेटघाट सम्पन्न, जनसेवी गतिविधिमा लाग्न निर्देशन

छेपाडीमा नेमकिपाकाे कार्यकर्ता भेटघाट सम्पन्न, जनसेवी गतिविधिमा लाग्न निर्देशन

दैलेख ।  नेपाल मजदुर किसान पार्टी आठबीस नगरपालिका ९ नं. वडा समितिको आयोजनामा  कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएकाे छ । बिहिबार एक कार्यक्रमकाबीच पार्टीको नीति र उद्देश्य अनुसार काम गर्न कार्यकर्ताहरु तल्लीन रहनु पर्ने सहभागिले बताएका छन् ।

कार्यक्रममा बाेल्दै जिल्ला समिति सदस्य धनबहादुर सिजापतिले जस्तोसुकै अवस्थामा पनि पार्टीका गतिविधिमा निरन्तर खटिन कार्यकर्तालाइ चनाखाे भएर लाग्न अनुराेध गरे । राजनीतिक दलका नेताहरु जनता प्रति उत्तरदायी नबन्दा जनताले विषम परिस्थितिको सामना गर्नु पर्ने आठबीस नगर समिति अध्यक्ष जयबहादुर बडुवालले बताए ।

कोरोना कहर र पूँजीवादी राजनीतिक दलका नेता तथा कार्यकर्ता पद र पैसाका लागि मरिहत्ते गर्ने व्यवहारले जनताप्रति उत्तरदायी छैनन् भन्ने प्रमाणित भएकाे उनकाे ठकर छ । श्रावण २ गते राकमकर्णालीमा बसेको नगरसमिति बैठकले श्रावण १४ गतेदेखि २४ गते सम्म नगरका विभिन्न स्थानहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकाे थियाे ।

साेही अनुसार सम्पन्न कार्यक्रममा नगर कार्यपालिका सदस्य कलम बडुवाल, ७ नं. वडा समितिका अध्यक्ष रणबहादुर कठायत, ९ नं. वडा समिति उपाध्यक्ष विष्णुबहादुर कठायत, नेक्राशिसंघ नगर समिति अध्यक्ष कलमबहादुर सिजापति, नेक्राशिसंघ दैलेख जिल्ला समितिका सदस्य दलबहादुर सिजापति, टेकबहादुर सिजापति, नेक्रायुसंघ नगर समितिका सचिव नवीनकुमार सिजापति र पार्टीका कार्यकर्ता कृष्णबहादुर बडुवालले विचार व्यक्त गरेका थिए ।

९ नं. वडा समिति अध्यक्ष तेजबहादुर सिजापतिको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रममा सदस्य कटकबहादुर विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.